२०८२ जेठ २६, सोमवार , ०३:४९:१६ बजे

Sajhamanch
'

दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा बी एन्ड सी कलेजका तर्फबाट दायर गरेको रिट निवेदनमाथि यही चैत १२ गते निर्णय सुनाउने (निसु) गरी मिति तोकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले मंगलबारको सुनुवाइपछि निर्णय सुनाउने गरी आदेश दिएको हो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै प्रसाईंले रिट निवेदन दिएका थिए ।

सम्बन्धित खबर