२०८१ माघ ५, शनिवार , ०४:२६:०१ बजे

Sajhamanch
'

पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टर्‍यो

मङ्गलवार, चैत ६, २०८०

कास्की । पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टरेको छ । गए राति डढेलो तीव्ररूपमा फैलिएको तर तत्कालै निभाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार डढेलो फैलिएर लागेको आगोले जङ्गलमा क्षति पुगेको छ । तर बस्तीमा हुनसक्ने जोखिम टरेको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीको सहयोगमा आगो गए राति नै निभाइएको थियो । बस्तीमा आगो फैलन नदिन अग्निरेखा बनाइएको थियो ।

मणिपाल अस्पताल नजिकै रहेको काहुँ डाँडासहित पोखराका अरू सातरआठ ठाउँमा हिजो डढेलो देखिएको थियो । नेपालमा यस वर्ष पर्याप्त हिउँदे वर्षा नभएका कारण सुक्खा बढेसँगै डढेलो र आगलागीको जोखिम पनि बढेको छ । केही दिनयता देशका विभिन्न ठाउँमा डढेलो र आगलागीका घटना हुँदै आएका छन् ।

सम्बन्धित खबर