२०८२ जेठ २६, सोमवार , ०७:०७:५७ बजे

Sajhamanch
'

मन्त्री मनाङेले लिए शपथ

सोमवार, चैत ५, २०८०

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरेका थिए । लगत्तै पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराइएको हो ।

यसअघि नै कृषिमन्त्री रहेका महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिइएको प्रमुख प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर