
टक्सार । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक करोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयका सात घर र १० गोठ जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्की, नरबहादुर कार्की, पदम कार्की, विशाल कार्की, गजेन्द्र कार्की, मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर र गोठ जलेर नष्ट भएको छ ।
यस्तै, आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।