
बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्बाचित भएका छन् । यता, नेकपा एमाले समर्थित व्यवसायीका तर्फबाट खगेन्द्र महतो उम्मेद्वार बनेका थिए । महतो विरुद्ध एमालेकै ओलीले उम्मेदवारी दिएपछि उनी निर्वाचित भएका हुन् ।
ओलीले ३ मत प्राप्त गरेका थिए भने महतोले २ मत मात्र प्राप्त गरे । दुवै उम्मेद्वारको एक – एक मत बदर भएको थियो । प्रतिनिधि छनौटका विषयमा विवाद हुँदा गत माघ २१ गतेदेखि कृषि वजार व्यवस्थापन समितिको नेतृत्व चयन हुन सकेको थिएन । व्यवसायी र कृषकबाट सदस्य छनौट गरेर समिति बनाइने प्रावधान अनुरुप कृषि थोक बजार व्यवस्थापन समितिको नेतृत्व चयन भएको हो ।
तीन जना सदस्य छानेर त्यस पश्चात समितिको अध्यक्ष चयनका लागि ४० जना कृषक प्रतिनिधिबाट ३ जना सदस्य चयन गरिएको थियो । बजारबाट तीन जना व्यवसायी यसअघि नै छानिएका थिए । व्यवसायीका तर्फबाट सदस्यहरुमा खगेन्द्र महतो, ज्योति खतिवडा र इन्द्रजीत चौधरी यसअघि नै निर्वाचि भएका थिए ।
३ व्यवसायी सदस्यसहित ६ जनाबाट एक जना अध्यक्ष हुने व्यवस्था अनुसार अध्यक्षका लागि निर्वाचन भएको थियो । सहमतीय आधारमा नेतृत्व चयन गर्न नसकेपछि कृषिथोक वजार व्यवस्थापन समितिको नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।