२०८२ जेठ १, बुधवार , ११:४८:२५ बजे

Sajhamanch
'

मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु

आइतवार, चैत ४, २०८०

पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राति साढे २ बजे हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो ।

उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए । मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो ।

समस्या भएपछि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबर