२०८२ जेठ १, बुधवार , ११:३०:२९ बजे

Sajhamanch
'

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

शुक्रवार, चैत २, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।

गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।

आयोगका अनुसार डा. प्रभु बुढाथोकी, डा.आरपी बिच्छा, डा.अनिता शाह ढुंगाना र डा। जयकान्त राउतले राजीनामा दिएका छन् ।

अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।

आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा. मिनबहादुर श्रेष्ठ छन् ।

सम्बन्धित खबर