
चालु आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ। उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। २०७९ को फागुन महिनामा एक अर्ब ९२ करोड रूपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनाका अवधिमा २९ अर्ब १३ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ। गत आर्थिक वर्षको आठ महिनामा २० अर्ब ५६ करोड रूपैयाँ बराबरको प्रतिवद्धता आएको छ।
उद्योगको संख्या पनि बढेको छ। गत वर्ष आठ महिनाको अवधिमा १५९ वटा उद्योग दर्ता भएकोमा यस वर्ष वैदेशिक लगानीबाट २५३ वटा उद्योग दर्ता भएका छन् ।
यी उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन र सेवा क्षेत्रमा उद्योगहरू दर्ता भएका छन्।