२०८१ माघ ४, शुक्रवार , ०७:१५:४६ बजे

Sajhamanch
'

त्रिकोणात्मक शृंखला : उपाधि जित्न नेपालले पीएनजीबाट पायो १७२ रनको लक्ष्य

बुधवार, फागुन ३०, २०८०

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी९पीएनजी० ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए । ३७ बल सामना गरेका उनले ५ चौका र ४ छक्का हानेका थिए । पीएनजीका कप्तान असद भाला भने २ रनमै आउट भए । आकाश चन्दको बलिङमा विनोद भण्डारीले उनलाई क्याचआउट गरेका हुन् । पीएनजीका लागि अलेई नाओले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमको रन बढाए । १० बलमा ३ छक्का र १ चौकासहित उनले ३० रन बनाए । त्यस्तै हिरी हिरीले १५, हिला वारेले १८ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । त्यस्तै करण केसी र गुलशन झाले १/१ विकेट लिए । नेपाल र हङकङबीचको आइतबार खेल वर्षाका कारण बीचैमा रोकिएर रद्द भएको थियो । पपुवा न्युगिनीमाथिको मंगलबारको जितले नेपाललाई फाइनलमा डोर्‍याएको हो । मंगलबारै लिगको अन्तिम खेलमा हङकङलाई १० विकेटले पराजित गरेपछि पपुवा न्युगिनीले नेपालसँग फाइनल खेल्ने पक्का भएको हो ।