२०८१ माघ ४, शुक्रवार , ०५:०३:३९ बजे

Sajhamanch
'

चैतका लागि घट्यो निक्षेपको ब्याज

बुधवार, फागुन ३०, २०८०

 

काठमाडौँ । आगामी चैतका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने छ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले बिहीबार आगामी चैतका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये एनआईसी एसियाबाहेक सबैले ब्याजदर घटाएका छन् । एनआईसी एसियाले भने यही फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशतले ब्याजदर बढाएको छ ।

नयाँ ब्याजदर अनुसार चैतमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ८.५४ प्रतिशत र सबै भन्दा कम ५.६६ प्रतिशत छ । निक्षेपको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वत: घट्ने छ । यस्तै, चैतका लागि विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपका ब्याजदर घटाएका छन् ।

सम्बन्धित खबर