२०८२ मंसिर १, आइतवार , ०७:०१:५० बजे

Sajhamanch
'

माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु

बुधवार, फागुन ३०, २०८०

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान छन् ।

ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त जगातिले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२