२०८२ जेठ ८, बुधवार , ०८:०५:५२ बजे

Sajhamanch
'

शिवसताक्षीको रिङ्गरोड सडक कालो पत्रे

मङ्गलवार, फागुन २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ ।

शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने १ हजार १० मिटर सडक कालो पत्रे भएको हो ।

व्याङ्गडाँडा–माइधार सडक नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा १ करोड ७१ लाख ७१ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएकोे हो ।

त्यस्तै नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा दक्षिण रिङ्गरोड अन्तर्गत समृद्धि चौक दक्षिण सडक ९४ लाख २० हजार ३०९ रुपैया लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । दुवै सडक उक्त सडक ५.५ मिटर चौडा रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर कृष्ण राईले जानकारी दिए ।

नगरपालिकाले नगर गौरवको योजना अन्तर्गत नगरका सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले रिङ्गरोडको अवधाराण ल्याएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले नगरमा निर्वाचित पहिलो जनप्रतिनिधिरुले सुरु गरेको उक्त योजनालाई कार्यान्वयन गर्ने क्रममा हाल बाँकी रहेका स्थानमा कालो पत्रे गर्ने काम भएको बताए ।

विकासको पूर्वाधार सडक पनि एक हो । सडक सञ्जाल सबै वडामा जोडिए त्यहाँ उत्पादन भएका वस्तुहरु निर्यात गर्न सहज हुने उनको भनाई छ । नगरपालिकाले नगर गौरवको आयोजनाहरु सम्पन्न गर्न तिब्र गतिमा काम गरेको छ । यसै क्रममा नगर गौरवको आयोनजा अन्तर्गत कै दूधे रंगशालालको काम पनि अघि बढाएको हो । नगर प्रमुख थोप्राले भने , रंगशालाको खेल मैदानको काम सँग सँगै प्याराफिट निर्माणको काम पनि सुरु गरिएको छ ।

रिङ्गरोड सडमा पर्ने ५३ वटा ठूलासाना पूल, कल्भर्ड भने यस अघि नै निर्माण भइसेका छन् । रिङ्गरोड सडक ३९ किलोमिटर रहेको छ । जसमा धरपुर दक्षिण र बोलोचोक शिवगञ्ज १० किलोमिटर २०७८ साल अघिनै कालोपत्रै निर्माण भएको थियो ।

गएको वर्ष सोही अन्तर्गतको माइधार दोमुखा ३ किमी सडक पनि कालो पत्रे भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । रिङ्गरोड अन्तर्गतकै शिवगञ्जदेखि व्याङ्गडाँडासम्म पनि कालो पत्रै भइसकेको छ ।

सम्बन्धित खबर