२०८२ जेठ १, बुधवार , ०४:२७:४७ बजे

Sajhamanch
'

जनमत नयाँ गठबन्धनमा आबद्ध नहुने, इलाम उपनिर्वाचनमा उम्मेदवार उठाउने

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौ । सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा आबद्ध नहुने स्पष्ट पारेको छ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरु आवद्ध गठबन्धनमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमार्फत् जनाएको छ।

बैठकको निर्णय सार्वजनिक गर्दै जनमतका राष्ट्रिय प्रवक्ता डा। शरदसिंह यादवले तत्काल सरकारलाई समर्थन पनि नदिने निर्णय भएको बताए।

बैठकले आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभा निर्वाचनमा सहभागी हुनेनिर्णय गरेको छ। यसका लागि आफ्नै उम्मेदवार उठाउने निर्णय भएको प्रवक्ता यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जनमतले सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउन सरकारसँग माग पनि गरेको छ।