२०८१ माघ ५, शनिवार , ०२:४३:०१ बजे

Sajhamanch
'

निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

मङ्गलवार, फागुन २९, २०८०

 

बिर्तामोड । स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी ९कोपेमेन्ट० तिर्नुपर्ने भएको हो ।

गत २४ फागुनमा बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह–भुक्तानी गर्ने निर्णय गरेको हो ।

यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी (को–पेमेन्ट)गर्नु निर्णय गरेको थियो । त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो ।

बोर्डका अध्यक्ष डा। गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशतको पेमेन्टको व्यवस्था गर्ने निर्णय भएको बताए ।

सम्बन्धित खबर