
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।
२० ओभर खेलेको नेपालले ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पाली खेले । कुशलले ५९ र सन्दीपले ५६ रन बनाएका थिए ।