२०८२ कार्तिक १६, शनिवार , ०१:४२:१९ बजे

Sajhamanch
'

ओपेनहाइमर चलचित्रले जित्यो सात वटा विधामा ओस्कार

सोमवार, फागुन २८, २०८०

काठमाडौं । ओस्कार अवार्ड २०२४ मा ओपेनहाइमर नामक चलचित्रले सात वटा विधामा ओस्कार अवार्ड जितेको छ ।

ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायाङ्कन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीत (लुड्भिक गुरान्सन)लाई अवार्ड प्राप्त भएको हो ।

यसअघि क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्रले यस वर्षको ओस्कार अवार्डमा कुल १३ विधामा मनोनयन प्राप्त गरेको थियो । तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन् । अवार्ड लिँदै नोलनले आफ्नी पत्नी र यस फिल्मको सह–निर्माता एम्मा थोमसलाई सहयोग र सहकार्यका लागि धन्यवाद दिएका छन् ।

सोमवार, फागुन २८, २०८० | विश्व समाचार, सासंक

सम्बन्धित खबर

देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
शुक्रवार, कार्तिक १५, २०८२
भद्रपुरमा गंगा आरतीसहितको छठपूजा
सोमवार, कार्तिक ११, २०८२
नदी किनारमा छठ पूजाको तयारी तीव्र
आइतवार, कार्तिक १०, २०८२