काठमाण्डौ । चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ ।
गएको वर्षको तुलनामा यो सङ्ख्या ९ प्रतिशतले बढेको हो । सन् २०२४ को पहिलो २ महिनामा रेल यात्राको सङ्ख्या बढ्नुले चीन–युरोप मालवाहक रेल सेवा समृद्ध हुँदै गएको देखाएको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड ९चाइना रेलवे० ले जनाएको छ ।
चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २१९ शहरमा सेवा विस्तार गरिसकेको छ । बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा (चिनियाँ) सामग्रीको ढुवानी निकै बढेको छ ।