२०८२ जेठ ८, बुधवार , १०:१५:१३ बजे

Sajhamanch
'

झापा कारागारका ५० कैदी बन्दीलाई खाद्यान्न सहयोग

आइतवार, फागुन २७, २०८०

भद्रपुर । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ ।

कारागारभित्र बन्दी जीवन बिताइरहेका मुस्लिम समुदायका ५० जना बन्दीलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यन्न सहयोग गरेको हो ।

ब्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यान्न वितरणमा नगरपालिकाका उपप्रमुख राधा कार्की लगायत मुस्लिम समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर