२०८२ जेठ २, बिहिवार , ११:१३:२४ बजे

Sajhamanch
'

सिन्धुलीमा एक महिलाको शव फेला

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

बिहिवार, फागुन २४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर