
भद्रपुर । भद्रपुर नगरपालिकाले १३औं नगरसभाको अवसर पारेर नगर क्षेत्रमा क्रियाशील ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, दीपक अधिकारी र लेखनाथ परदेशीलाई ‘नगर विकास पत्रकारिता पुरस्कार’ तथा रेवतीराज घिमिरे र इशा प्रधानलाई ‘प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा सभा तथा सम्मान कार्यक्रम गरिएको हो ।