
काठमाडौँ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको छ।
जडीबुटी सङ्कलनका लागि पाटन गएका ६ महिला र २ पुरुष सहित ८ जन हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका थिए।
नेपाली सेनाको हेलिकप्टरको साहायतामा बुधबार दिउँसो उनीहरुको उद्धार गरिएको हो। उनीहरु सबै तातोपानी गाउँपालिका-७ बारागाउँका स्थानीय बासिन्दा हुन्।