२०८२ जेठ ३, शुक्रवार , ०१:२७:४९ बजे

Sajhamanch
'

नेप्सेमा सामान्य सुधार

बुधवार, फागुन २३, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ ।

आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशत घटेको छ ।

सम्बन्धित खबर