२०८२ जेठ २, बिहिवार , ११:५३:५५ बजे

Sajhamanch
'

मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने

बुधवार, फागुन २३, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ। उसले मधेस सरकारको निरन्तरता सुनिश्चित नभएसम्म सरकारमा नजाने जसपाले अडान लिएको हो।

मधेश प्रदेशमा मुख्यमन्त्री कायम राख्न आज बसेको कार्यकारिणी बैठकले सरकारमा जाने की नजाने विषयमा टुङ्गो लगाउन सकेन। अधिकांश कार्यकारिणी सदस्यहरूले सरकारमा जान नहुने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सुझाव दिएका छन्।

मधेस प्रदेश सरकारको नेतृत्वमा जसपाले निरन्तरता पाउनुपर्ने उनीहरूको सर्त छ।

कार्यकारिणी सदस्य विजय यादवले भने ‘आज बसेको बैठकले सरकारमा जाने की नजाने भन्नेबारे टुङ्गो लगाउन सकेन। अब बस्ने राजनीतिक समितिको बैठकले मात्रै सरकारमा बस्ने नबस्ने टुंगो लाग्छ। सरकारमा जाने विषयमा नै टुङ्गो नलागेको मन्त्री छान्ने विषयमा छलफल भएन।’

जसपा अध्यक्ष उपेन्द्र यादवले चार दलले गरेको आठ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।

सम्बन्धित खबर