२०८२ जेठ ३, शुक्रवार , ०३:३२:४१ बजे

Sajhamanch
'

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा निरन्तर

बुधवार, फागुन २३, २०८०

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् ।

कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता पाउने माओवादी केन्द्र स्रोतले जनाएको छ ।

श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माको मन्त्रालय टुंगिएको छैन ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसके पनि मन्त्रालय टुंगिएको छैन ।

यसअघि मन्त्री भएका सुदन किराती भने नदोहोरिने माओवादी स्रोतको भनाइ छ ।

सम्बन्धित खबर