२०८२ जेठ ८, बुधवार , ०५:०८:२९ बजे

Sajhamanch
'

मरावाडी युवा मञ्च बिर्तामोडको कार्यसमिति सर्वसम्मत

सोमवार, फागुन २१, २०८०

बिर्तामोड । मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । सातौं कार्यकालको लागि आज नयाँ समिति गठन गरिएको हो ।

आज सम्पन्न साधारणसभाले मित्तललाई २ वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यसअघि मञ्चको वरिष्ठ उपाध्यक्ष थिए ।

त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल), उपाध्यक्षमा पवन शर्मा, महासचिवमा जीवन अग्रवाल (बंशल), सचिवमा धिरज अग्रवाल, सह–सचिवमा रवि शर्मा, कोषाध्यक्षमा सेंकी अग्रवाल, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिंदल), जन–सम्पर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् ।

त्यस्तै मञ्चको सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल, मनिष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल, पियूष खेतान, आकाश जैन, पंकज गर्ग, मुकेशसिंह चौधरी, आशिष सोनी र आर्यन मित्तल चयन भएका छन् ।

मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा साधारणसभा उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मित्तल, बिर्तामोड नगरपालिका वडा नं ४ का अध्यक्ष राहुलकुमार शर्मा, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन क्षेत्र क सभापति दिपक मित्तल, संगठनका कोषाध्यक्ष यज्ञराज अग्रवाल, अग्रेसन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल लगायतले सो कार्यक्रममा मन्तब्य राखेका थिए ।

कार्यक्रममा मारवाडी महिला मञ्च बिर्तामोडका अध्यक्ष निलम अग्रवाल, अग्रेसन भवन बिर्तामोडका पूर्वअध्यक्ष बाबुलाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका सदस्य सुमित शाहेवाला लगायतको आतिथ्य थियो ।

मञ्चका वरिष्ठ उपाध्यक्ष ऋषभ मित्तलले स्वागत गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष विशाल गोयलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रगति प्रतिवेदन मञ्चका सचिव जीवन बञ्चलले गरेका थिए । कार्यक्रमका सञ्चालन महासचिव पवन शर्माले गरेका थिए ।

सम्बन्धित खबर