२०८२ साउन ४, आइतवार , ०६:३४:२३ बजे

Sajhamanch
'

झापामा पोलिटिकल न्यूज पोर्टल झापालीआवाज डटकम सरु

आइतवार, फागुन २०, २०८०

झापा । झापामा आजदेखि अर्को एउटा डिजिटल न्यूज पोर्टल सञ्चालनमा ल्याइएको छ । माइलस्टोन पब्लिकेशनको अग्रसरतामा झापालीआवज डटकमको सुरुवात भएको हो ।

राजनीतिक विषयलाई मुख्य प्राथमिकतामा राखेर पोलिटिकल न्यूज पोर्टलका रुपमा सञ्चालनमा ल्याइएको झापालीआवज डटकमको नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘क्लिक’ गरी औपचारिक शुभारम्भ गरेका हुन् ।

नेकपा एमाले झापा जिल्ला कार्यालयमा ५१औं शहीद दिवसका सन्दर्भमा आयोजित जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता उद्घाटनका अवसरमा झापालीआवज डटकमको सुरुवात गरेका हुन् ।

सो न्यूजपोर्टलमा राष्ट्रिय राजनीतिक गतिविधि, प्रदेशका राजनीतिक गतिविधि, झापा जिल्ला र झापाका सबै पालिकाका राजनीतिक गतिविधिहरुलाई छुट्टाछुट्टै फोलियोमा प्रकाशन गर्ने व्यवस्था मिलाइएको प्रधानसम्पादक जी. काफ्लेले जनाए ।

पेर्टलमा भिडियो र फोटो ग्यालरीहरु अलग्गै राखिएकाले आवश्यकता अनुसार विभिन्न सञ्चार माध्यमहरुले पनि प्रयोग गर्न सक्ने जनाइएको छ ।