
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाललाई अभिनाश बोहराले छैटौँ सफलता दिलाएका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाका जान फ्राइलिन्कलाई अभिनाशले १६.१ ओभरमा बोल्ड गरे । फ्राइलिन्कले नामिबियाका लागि ३७ रन बनाए ।
जारी खेलको १७ ओभर समाप्त हुँदा नामिबियाले ६ विकेट गुमाएर १४० रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।