२०८२ जेठ ३, शुक्रवार , ०१:३७:०२ बजे

Sajhamanch
'

राष्ट्रियसभा अध्यक्षको विषय गठबन्धनबाटै टुंगो लाग्छ : देउवा

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्षको विषय गठबन्धनबाटै टुंगो लगाइने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले कांग्रेस एक्लैले अध्यक्ष बनाउन नसक्ने भन्दै गठबन्धनबाटै टुंगो लगाइने बताए । अहिले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले एक पार्टीभित्र अर्को पार्टीको विषयमा छलफल र कुराकानी हुनु सामान्य भएको जिकिर गरे ।

सम्बन्धित खबर