२०८२ जेठ ३, शुक्रवार , ०६:०८:४६ बजे

Sajhamanch
'

आगलागीबाट एकको मृत्यु

शुक्रवार, फागुन १८, २०८०

बर्दिया । ठाकुरबाबा नगरपालिका– ४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ।

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।

उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले जनाएको छ।

शुक्रवार, फागुन १८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर