२०८१ पौष ७, आइतवार , ०४:००:३७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चन्द्रगढी कार्यालयको १५ दिने सार्वजनिक सूचना

शुक्रवार, फागुन १८, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी–कुप)
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/११/१४

जिल्ला झापा भद्रपुर–८ बस्ने श्री लिलानाथ गड्तौला (सदस्य नं. ८६८२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल पुस १२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर ८ बस्ने निजकी श्रीमती जयन्तादेवी गड्तौलाले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल फागुन ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी चन्द्रगढी कार्यालय

शुक्रवार, फागुन १८, २०८० | विज्ञापन

सम्बन्धित खबर