२०८२ वैशाख २४, बुधवार , ०८:५५:१३ बजे

Sajhamanch
'

नामिबियाविरुद्ध ३ बल भित्र गुल्शन र अनिल आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरु ३ बलमा नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन छ ।

यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

सम्बन्धित खबर