२०८१ फागुन १२, सोमवार , ०७:३७:५२ बजे

Sajhamanch
'

साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप आजदेखि : नेपाल र बङ्गलादेश भिड्दै

शुक्रवार, फागुन १८, २०८०

काठमाडौँ । आजदेखि साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजबाट सुरु हुने च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल, भारत, भुटान र बङ्गलादेश गरी चार राष्ट्रले प्रतियोगितामा सहभागीता जनाउने छन्।

आजको खेलमा नेपाली यु–१६ महिला फुटबल टोलीले सिनियर राष्ट्रिय टोलीको सफलतालाई पछ्याउँदै सोही किसिमको प्रदर्शन गर्ने लक्ष्य लिएको छ।