२०८२ असार १०, मङ्गलवार , ०७:३५:०० बजे

Sajhamanch
'

पहिलो हाफमा जोर्डनविरुद्ध नेपाल १–० ले अगाडि

बिहिवार, फागुन १७, २०८०

काठमाडौँ । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ।

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा नेपालका लागि सविता रानामगरले गोल गर्दै अग्रता दिलाइन। २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग उनले उत्कृष्ट गोल गरिन्। पहिलो हाफमा नेपालले जोर्डनमाथि दबाब सिर्जना गरेको थियो।

नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ। यस्तै जोर्डन पनि वाफ च्याम्पियनसिपको उपाधिमाथि दोहरो ह्याट्रिक गर्ने उद्देश्यका साथ खेल्दैछ।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो। जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ। नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ।

सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्स प्रस्थान गरेकी छिन्।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो। जोर्डन प्यालेस्टाइनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ।

सम्बन्धित खबर