२०८२ जेठ ३, शुक्रवार , १०:४७:४७ बजे

Sajhamanch
'

इटहरीमा विद्युतीय शवदाहगृह बनाइने

बिहिवार, फागुन १७, २०८०

इटहरी । सुनसरीको इटहरीस्थित बूढीजमुना मुक्तिघाटमा कोसी प्रदेशमै पहिलो विद्युतीय शवदाहगृह निर्माण गरिने भएको छ । इटहरी उपमहानगरपालिका र कोसी सरकारको साझेदारीमा अत्याधुनिक विद्युतीय शवदाह बनाउन लागिएको हो ।

इटहरी–४ स्थित बूढीजमुना मुक्तिघाट किनारमा यसै आर्थिक वर्षमा विद्युतीय शवदाहगृह निर्माण सम्पन्न गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

करिब तीन करोड ५० लाख रुपैयाँको लागतमा शवदाहगृह बनाइनेछ । त्यसमध्ये कोसी सरकारले ७० र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।

तत्काल विद्युतीय शवदाह निर्माण थाल्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समिति समेत गठन गरिएको छ ।

बिहिवार, फागुन १७, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर