२०८२ जेठ ३, शुक्रवार , ०७:५७:१६ बजे

Sajhamanch
'

आगलागीमा परी एकको मृत्यु

बिहिवार, फागुन १७, २०८०

दाङ । रोल्पामा एउटा घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ।

जिल्लाको माडी गाउँपालिका– ५ चरिकोटस्थित घरमा आगोलागी हुँदा ७५ वर्षीया हरिकला घर्तीको जलेर मृत्यु भएको हो।

ढुंगा, माटोबाट निर्मित जस्ता पाताले छाएको दुईतले घरमा मंगलबार बेलुकीपख आगलागी भएको थियो।

माथिल्लो तलाको कोठामा हरिकलाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए।

घरमा आगलागी भएको सूचनापछि प्रहरी चौकी भावाङबाट प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइसकेपछि माथिल्लो कोठामा हेर्दा हरिकलाको शव जलेको अवस्थामा फेला परेको गुप्ताले जानकारी दिए।

आगलागी हुँदा घरमा हरिकला एक्लै थिइन्।

उनीसँग माइला छोरा बस्दै आएको भए पनि काम गर्न घर बाहिर रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ।

हरिकलाका अन्य तीन छोरा कामका लागि बाहिर गएको प्रहरीले बताएको छ। आगलागीको कारण थाहा हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बिहिवार, फागुन १७, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर