
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ ।
ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् ।
नामिबियासँग ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका अभिनाशलाई बाहिर राखेको छ ।
अभिनाशलाई बाहिर राख्दा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ ।
प्रतिशले आज डेथ ओभरमा बलिङ गर्नुपर्ने हुन्छ । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता समेत राख्छन् । ललित भने नेपालका प्रमुख स्पिनर हुन् । विवेक नामिबियाविरुद्ध ६ रनमा क्याच आउट भएका थिए ।
स्पिन बलिङ आक्रामण मजबुत बनाउन विवेकलाई बाहिर राखेर ललितलाई खेलाएको छ ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जि.सी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।