२०८२ असार ५, बिहिवार , ०७:०२:१० बजे

Sajhamanch
'

माओवादी केन्द्रको स्थायी कमिटी : हिजो छलफल भएका विषयमा आज निर्णय हुँदै

बुधवार, फागुन १६, २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका थिए ।

बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने बताएका थिए ।

राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेताहरूको यस्तो धारणा आएको हो ।

हिजोको बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायत विषयमा छलफल भए पनि निर्णयमा पुग्न बाँकी रहेको छ । आजको बैठकमा अन्तिम निर्णय हुने नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर