२०८२ असार २७, शुक्रवार , ०१:२४:३९ बजे

Sajhamanch
'

राजधानीका सडकमा मिटरब्याज पीडितहरू खाली खुट्टा

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ ।आन्दोलनमा रहेका मिटरब्याजपीडितहरुले आज पनि प्रदर्शन गरेका छन्।

मिटरब्याज पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्।

भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली,शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरेका छन्।

मिटरब्याज पीडितहरू माघ १६ गतेदेखि हिँड्दै-हिँड्दै शुक्रबार काठमाडौं आइपुगेका थिए। उनीहरू आफूले न्याय नपाएसम्म नफर्किने अडानमा छन्।

मङ्गलवार, फागुन १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर