२०८२ जेठ ४, शनिवार , ११:४०:०४ बजे

Sajhamanch
'

किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री डा। बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिलाउने गरी पहल गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए ।

‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्,’ उनले भने,‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’

सम्बन्धित खबर