२०८२ वैशाख २०, शनिवार , ०९:०५:०९ बजे

Sajhamanch
'

नेपाल १७२ रनमै अलआउट

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको छ ।

ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए ।



सम्बन्धित खबर