२०८२ जेठ ५, आइतवार , ०८:३१:०१ बजे

Sajhamanch
'

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुने

आइतवार, फागुन १३, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।

देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौँ आएका हुन् । उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन ।

सम्बन्धित खबर