२०८२ जेठ ८, बुधवार , १२:४७:०३ बजे

Sajhamanch
'

वरिष्ठ उपाध्यक्षमा घिमिरेले बाजी मार्ने ! तर कसले ?

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरु दुवैजना घिमिरे बन्धु छन् । लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीव घिमिरे अर्को प्यानल स्वतन्त्र व्यवसायीका तर्फबाट युवा व्यवसायी राजु घिमिरेसँग प्रतिष्पर्धामा छन् ।

दुवैजना युवा व्यवसायिक हकहितका लागि अहोरात्र खटिने जुझारु छन् । सफल व्यवसायीका रुपमा पहिचान बनाएका सञ्जीव अर्का युवा व्यवसायी राजुसँग प्रतिष्पर्धामा छन् । लामो समयदेखि बिर्तामोडमा रहेर ब्यवसाय सञ्चालन गर्दै आएका दुवै घिमिरे बन्धुहरु बिर्तामोड उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष हुन् ।

आम उद्योगी व्यवसायीका बीच राम्रो उठबस र घुलमिल रहेका घिमिरे बन्धुहरु मध्ये वरिष्ठ उपाध्यक्षमा कसलाई मतदाताले रुचाउने हुन्, यसको निर्णय फागुन १४ गते नै ब्यालेटमार्फत हुनेछ ।

सम्बन्धित खबर