२०८१ पौष ७, आइतवार , १०:२०:४८ बजे

Sajhamanch
'

‘मैले व्यवसायीको हितमा लडेको छु’ : अध्यक्षका उम्मेदवार न्यौपाने

आइतवार, फागुन १३, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक ब्यवसायिक समूहबाट अध्यक्ष पदका उम्मेदवार राजु न्यौपानेले विगतका कामको मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।

उनले ब्यवसायीका हरेक मुद्धामा सारा काम छाडेर लड्नेलाई मतदाताले मूल्याङकन गर्ने विश्वास लिएका हुन् । चुनावको बेलामा हल्ला गर्नेहरुले निर्वाचन नजित्ने भन्दै उनले ब्यवसायीका मुद्धामा सबैभन्दा अघि को थियो भन्ने विषयमा मतदाता सचेत रहेको उल्लेख गरे ।

आर्थिक मन्दिका कारण धेरै सटरहरु खाली बन्दै गइरहेका बेला आफू वरिष्ठ उपाध्यक्ष रहेको समयमा स्थानीय सरकारले लागू गरेको अब्यवहारिक करका विषयमा सबैभन्दा धेरै आजाव उठाएको उनको भनाई छ ।

राजनीतिक आस्था र विचार जुनसुकै स्थानमा भए पनि ब्यवसायीका समस्या समाधान गर्न को धेरै सक्रिय थियो भन्ने विषय बिर्तामोडका मतदाताले नियाली रहेको उनको धारणा छ । बिर्तामोडमा सबै खाले ब्यवसायी रहेकाले उनीहरुको संरक्षण र अधिकारका लागि आफूहरुले मात्रै बोल्न सक्ने न्यौपानेको भनाई छ ।

बिर्तामोडका ब्यवसायीका समस्या आफूहरुले राम्रोसँग बुझेको र समस्या समाधानका लागि आफू निर्वाचित भएमा सबै कार्यातालिका बनाएर काम गर्ने न्यौपानेले बताएका छन् । उनले लोकतान्त्रिक ब्यवसायीका प्यालका सबै उम्मेद्वारहरुलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर