२०८२ जेठ ४, शनिवार , ०४:०४:५९ बजे

Sajhamanch
'

एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित

शनिवार, फागुन १२, २०८०

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उमेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गंगाकुमारी चौधरी विजयी भएका छन् ।

मतदान गएराति सकिएको थियो । मतगणना भने आज बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ५९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा ५७७ मत खसेको थियो ।

सम्बन्धित खबर