२०८१ फागुन १२, सोमवार , ०७:४०:२९ बजे

Sajhamanch
'

नामिबियासँग नेदरल्यान्ड्स २४ रनले पराजित

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । आइसीसी क्रिकेट विश्वका लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो । मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २०४ रन पछ्याएपनि ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको थियो । जितसँगै नामिबिया चार खेलमा ६ अंक जोड्दै लिग–२ को शीर्षस्थानमा उक्लेको छ । नेपाल र नेदरल्यान्ड्सको तीन खेलमा २–२ अंक छ । अब अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन्