२०८१ पौष ८, सोमवार , ०९:२४:५२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी शनिश्चरे कार्यालयको १५ दिने सार्वजनिक सूचना

शुक्रवार, फागुन ११, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/११/१०

जिल्ला झापा अर्जुनधारा–७ बस्ने श्रीमती लक्ष्मीदेवी धिताल (सदस्य नं. १९३७१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल कात्तिक १६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–७ बस्ने निजकी छोरी देवीमाया धितालले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल माघ १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी शनिश्चरे कार्यालय

शुक्रवार, फागुन ११, २०८० | विज्ञापन

सम्बन्धित खबर