
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान आएको नामिबियाले निर्धारित ४५ ओभरमध्ये ४१.३ बल खेल्दै सबै विकेट गुमाएर २०३ रन बनायो।
नामिबियाका लागि निकोल लोफ्टी एटनले सर्वाधिक ४९ रन बनाए भने मलन क्रुगरले ३९ रन जोडे। यस्तै ज्यान फ्राङ्कलिनले ३४ रन बनाउँदा रुबेन ट्रम्पलमेनले २३ र जेन ग्रीनले २२ रन बनाए।
नेदरल्यान्ड्का विभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए भने आर्यन दत्त र रोयल्फ भेन डर मार्भेले समान २/२ विकेट लि. बेस डी लिडे र शरिज अहमले पनि समान १/१ विकेट लिए।
आजको खेलमा नेदरल्यान्ड्समाथि जित हात पार्दै नामिबिया आफ्नो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ भने नेदरल्यान्ड्स पनि आजको खेलमा जित्दै आफ्नो स्थान कायम राख्न चाहन्छ। यसअघिको खेलमा नामिबिया नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको थियो।