२०८२ जेठ ५, आइतवार , ०२:०३:०२ बजे

Sajhamanch
'

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबारको संसद बैठकको आकस्मिक समयमा सत्ता र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप भएको थियो ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजन्द्रकुमार केसीले विधेयक पास गराउने बेला प्रतिपक्षी दलहरूले बैठक छाडेर हिँडेको र गणपूरक संख्या पुग्न नदिएको भन्दै आरोप लगाएका थिए । उनले बोलिरहँदा प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले केसी बोल्दाबोल्दै रोकेर प्रतिपक्षी दललाई बोल्न दिने प्रयास गरेपछि झन् विरोध बढेको थियो । अवरोधकै कारण सदन बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

सम्बन्धित खबर