
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।
बिहीबारको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको छ ।
लिग २ को पहिलो त्रिकोणात्मक शृखंलामा यो पाँचौ खेल हो भने यी दुई टोलीबीच दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालई ७ विकेटले पराजित गरेको थियो ।