२०८२ जेठ ५, आइतवार , ०८:४८:४९ बजे

Sajhamanch
'

पूर्वी चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा शव भेटियो

शुक्रवार, फागुन ११, २०८०

चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।



शुक्रवार, फागुन ११, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर